पाँचथर । सुनचाँदी ब्यवसायी संघ पाँचथरमा राजेन्द्र लोहारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका छन् । संघको छैटौं अधिवेशन अधिवेशनबाट प्रथम उपाध्यक्षमा पदम लुहागुन, द्वितीय उपाध्यक्षमा दीपक धमला, महासचिवमा विनोद रसाइली, सचिवमा मनिष (प्रकाश) खाती र कोषाध्यक्षमा मदन कालिकोटे निर्वाचित भएका छन् ।
यस्तै संघका कार्यसमिति सदस्यमा टीकाराम रसाइली, डिल्लीराम लामगादे, महेन्द्र घिमिरे, डिल्लीराम घतानी, दिनेश रहपाल, सन्तोष गहतराज, रमेश लोहार, महेश लामगादे, गौरव विश्वकर्मा, सुमन पोर्तेल र यामबहादुर शंकर निर्वाचित भएका छन् ।