पाँचथर ।फालेलुङ गाउँपालिका वडा नम्बर ७, बिदिनमा शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुरिएर बेपता मध्ये ४२ वर्षिय रुपलाल मगर पुरिएकाे अवस्था मृत फेला परेकाे जिल्ला प्रहरि कार्यालय पाँचथरले जनाएकाे छ । मगरलाई शनिबार बिहान ८ः१५ बजे फेला पारिएकाे प्रहरिले बताएकाे छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरको जानकारीअनुसार स्थानीय ७१ वर्षिय दल प्रसाद मगरको घर पहिरोले बगाएको हो । मगरलाई तत्काल प्रहरीले सकुशल उद्धार गरेको प्रहरीले बताएको छ । अब दुई जना ३८ वर्षिय गोमा मगर र १९ वषीए एलिसा मगर बेपत्ता भएको प्रहरीले बताएको छ । बेपत्ताहरुको उद्धार कार्य जारी रहेको तर बेपत्ताहरु फेला पार्न नसकिएको प्रहरीले बताएको छ ।
बेपत्ताहरुको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।