पाँचथर । ताप्लेजुङको पाथीभरा याङ्वरक स्थित थुम्बेदिनबाट झापा तर्फ जाँदै गरेको ट्याक्सी इलाममा दुर्घटना हुँदा १३ जना घाईते भएकाछन् । को १ ज ३३२९ नम्बरको ट्याक्सी आज दिउँसो दुर्घटना हुँदा ट्यक्सीमा सवार एक बच्चा सहित १३ जना घाइते भएकाहुन् । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको बताईएको छ । घाइते हुनेहरूमा निम्न रहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
निम्न:-
१)जिल्ला ताप्लेजुङ पाथिभरा याङ्बरक गा.पा ५ बस्ने वर्ष २१ की मनिषा तामाङ ( टाउको र शरिरको विभिन्न भागमा चोट )
२)ऐ.ऐ. ६ बस्ने वर्ष २४ को लोकेन्द्र सिलवाल (खुट्टा नचल्ने )
३)ऐ. फुङलिङ न.पा ६ बस्ने वर्ष ३० की निमा खतिवडा ( टाउको र शरिरको विभिन्न भागमा चोट
४)जिल्ला झापा मेचिनगर न.पा ९ बस्ने वर्ष २२ को दिवान राइ ( टाउको र अनुहारमा चोट )
५)ऐ.ऐ. बस्ने १० महिनाकि बच्चा रियन्सा राइ (शरिरमा सामान्य चोट )
६)ऐ.ऐ. बस्ने वर्ष २२ की मञ्जली राइ ( टाउको र शरिरको विभिन्न भागमा चोट )
७)ऐ. भद्रपुर न.पा ३ बस्ने वर्ष वर्ष ५३ को इन्द्र ब. कार्की( हात खुट्टा नचल्ने )
८)ऐ.ऐ. बस्ने वर्ष ५६ को जित ब. थेबे ( टाउकोमा चोट झापा तर्फ रेफर)
९)जिल्ला पाँचथर फालेलुङ गा.पा. १ बस्ने वर्ष ३२ की अप्सरा कोइराला ( टाउको र शरिरको विभिन्न भागमा चोट )
१०)ऐ. याङबरक गा.पा ५ बस्ने वर्ष ५१ को प्रेम तामाङ ( टाउको र शरिरको विभिन्न भागमा चोट )
११)ऐ.ऐ. ६ बस्ने वर्ष २३ को दिपेन्द्र कोइराला( टाउको र शरिरको विभिन्न भागमा चोट )
१२)जिल्ला भोजपुर श्यामसिला गा.पा १ बस्ने वर्ष २७ को सुरेन राइ ( टाउको, अनुहार, शरिरको विभिन्न भागमा चोट )
१३)चालक जिल्ला इलाम इलाम न.पा २ सुम्बेक बस्ने वर्ष २४ को चुडामणि घिमिरे ( टाउकोमा गहिरो चोट अवस्था गम्भिर