पाँचथर । लगातार वर्षासँगै देशभरका खोला, नदीमा बाढी आउने क्रम सुरु भएको छ। यसै क्रममा आज र भोलि (बिहीबार) तमाेर , कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई, नारायणीका नदीहरू सेती, कालिगण्डकी, मादीमा ठूलो बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
यी नदीमा बुधबार र बिहीबार वहाब उल्लेख्य बढ्ने र सतर्कता आसपास पुग्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढीको उच्च जोखिम रहेको भन्दै महाशाखाले भनेको छ : आज मधेश प्रदेशलगायत तराईका साना नदी तटीय क्षेत्रमा पूर्वतयारी र प्रतिकार्यमा जुटौं।
विस्तृत सूचना तल :