ताप्लेजुङ ।ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका सासु बुहारीको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै गएराति घर माथिबाट झरेको पहिरोले पुरिएर सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सासु बुहारीको मृत्यु भएको हो ।
सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोका अनुसार पहिरोले पुरिएर सासु तुलसा अधिकारी र बुहारी यसोधा अधिकारीको मृत्यु भएको हो । मृतक दुवैजनाको सव शुक्रबार बिहान स्थानीयले पहिरोले पुरिएको अवस्था फेला पारेका उपाध्यक्ष माबोले जानकारी दिए ।