पाँचथर । नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसको अवसर पारेर प्रेस युनियन शाखा पाँचथरले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
शुक्रबार बिहान पत्रकार महासंघ पाँचथरको सभाहलमा प्रेस युनियन पाँचथर शाखाले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
नेपाली काँग्रेस पाँचथरका सभापति रुपनारायण जवेगुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई नेपाली काँग्रेसका निबर्तमान सभापति नरेन्द्रकुमार केरुङ, फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, कुम्मायक गाँउपालिकाका अध्यक्ष बम प्रसाद लावती फिदिम नगरका उपमेयर राधाकृष्ण न्यौपाने, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, युनियनका पूर्व तथा निवर्तमान अध्यक्षहरु र पेशागत संगठनका प्रमुखहरुले शुभकामना मन्तव्य राखेका थिए ।