पाँचथर । तुम्बेवा गाउँपालिकामा काङ्ग्रेस गठबधनका बाबुराम खड्काले १२ मतले अग्रता लिएका छन् । खड्काले १ हजार ३ सय ७१ मत प्राप्त गरेका छन् । त्यस्तै खड्काका प्रतिस्पर्धी नेकपा एमालेका गोबिन्द तामाङ्ले १ हजार ३ सय ५९ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्ष तर्फ गठबन्धन,हसिया हतौडाका खड्ग सम्बाहम्फेले १ हजार ५ सय १० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नन्द कुमारी बिश्वकर्माले १ हजार १ सय ३ मत प्राप्त गरेकी छिन् । हाल सम्म वार्ड नम्बर १,२ को गणना सम्पन्न भएको छ भने ३ को जारी छ ।


 
         
         
         
         
         
         
         
         
  		  
  		  
  		  
                                       										 
  		  
  		  
   		 
         
                   
  		  
  		  
  		  
  		  
  		 

