पाँचथर । गठबन्धनको विषयलाई लिएर पाँचथर कांग्रेसमा किचलो देखिएकाे छ । पार्टी नेतृत्वले पार्टी कार्यालयबाट भन्दा होटलबाट पार्टी चलाएको भन्दै शनिबार कांग्रेस कार्यकर्ताहरुले पार्टी कार्यालय तालाबन्दी गरेका छन् ।
मनश्वी होटलबाट पार्टी गतिविधि सञ्चालन गरेको र पार्टीलाई एक्लौटी ढंगले चलाएको कार्यकक्ताहरुको आरोप छ । पाँचथरमा पार्टी सभापति रुपनारायण जबेगुले पार्टीलाई गुटको रुपमा चलाएको, कार्यकर्तालाई लाद्न खोजेको आरोप लगाएका छन् ।
जिल्ला भर गठबन्धन गर्न लगाएको तर फिदिम वडा नम्बर १० लाई गठबन्धन नर्गन छुट दिएको कारण पार्टी कार्यकक्ता रुष्ट बनेका छन् । पार्टीको कार्यक्रमदेखि हरेक गतिविधि मनश्वी होटलबाटै सञ्चालन हुँदा पार्टी कार्यलय सुनसान बनेको भन्दै असन्तुष्ट भएर तालाबन्दी गर्न बाध्य कार्यकर्ताहरु बताउछन् ।
१४ वटै वडाका नेता कार्यकक्ताहरुको राय बुझ्दा गठबन्धनको पक्षमा चरम असन्तुष्टी रहे र कुनै पनि पदमा गठबन्धन आवश्यक नरहने भन्दै फिदिम नगर कार्य समितिले गठबन्धन बिना मैत्रिपुर्ण मित्रवत तरवरले निर्वाचनमा प्रतिस्पधा गरेर जाने निणर्य गर्दै फिदिम नगरक कार्य समितिले विज्ञाप्ती जारी गरेको छ ।
उता ,कुम्मायक गाउँपालिकामा नेपाली कांग्रेस वडा सभापति सहित ३६ जनाले सामुहिक राजिनामा दिएका छन । एक विज्ञप्ती सार्वजनिक गर्दै कुम्मायक १ का वडा सभापति लौन बहादुर तामाङ सहित ३६ जना कृयाशिल सदस्यहरुले सामुहिक राजिनामा दिएका हुन ।