सक्रान्ती । तेह्रथुमको सक्रान्ती बजारमा जारी फुटलब प्रतियोगितामा पाँचथरको महिला फुटबल टिम सेमिफाइनल प्रबेश गरेको छ ।
शनिबार भएका महिलातर्फको खेलमा पाँचथरको पिवाइसी फाक्तेप विजयी बनेको छ ।
स्पर्धी एफसी सम्दु फेदापलाई २-१ गोलअन्तरले पराजित गर्दै फाक्तेप सेमिफाइनलमा प्रवेश गरेको छ । फाक्तेपका लागि कप्तान मनिता तुम्रोकले २ गोल गरिने भने सम्दुकी आरती लिम्बूले एक गोल गरिन् ।
८ टिम सहभागी महिलातर्फको विजेता टोलीले नगद ६५ हजार पाउनेछ भने उपविजेताले ४० हजारमा चित्त बुझाउनु पर्नेछ । सम्दुको महिला फुटबल टोलीलाई आयोजकले नगद प्रदान गरेको थियो । मदन मेला आयोजक समितिका अध्यक्ष दुर्गाराज गुरुङ काजीले सम्दुकी कप्तान सेवा लिम्बूलाई नगद ५ हजार प्रदान गरे ।
१८ वटा टिम सहभागी पुरुषतर्फको विजेताले नगद १ लाख ३५ हजार पाउनेछ भने उपविजेता टोलीले ७५ हजारमा चित्त बुझाउनु पर्नेछ । ऐतिहासिक मदन मेला २०१५ सालदेखि लाग्दै आएको छ ।