पाँचथर । स्थानिय तहको निर्वाचन भएको करिव ५ वर्ष पुग्न लागेको छ । निर्वाचित भएका जनप्रतिनिधिहरुको कार्यकाल अन्तीम तिर आई पुगेको छ । नागरिकरुको सबै भन्दा नजिक रहेको सरकारनै स्थानिय सरकार हो ।
घरघरमा सिंहदरबार भन्ने नाराका साथ २०७४ सालमा स्थानिय तहको निर्वाचन भयो । तर, धेरै स्थानिय सरकारबाट जनअपेक्षा अनुसारको सेवा नपाएको गुनासो समेत गर्ने गरेका छन् कति स्थानिय तहले उदारणीय काम समेत गरेका छन् । केहि स्थानिय तहको कामले नागरिकहरुमा आश जगाएको समेत छ । यस्तै, पाँचथरकोको मिक्लाजुङले पछिल्लो समय संरचनामा भएको विकास र किसानहरुमा दिएको अनुदानको कारण स्थानिय नागरिकरुमा स्थानिय सरकार प्रति आश जगाएको छ । तर, मिक्लाजुङ गाउँपालिकाको नेतृत्वले केहि वडामा मात्र विकास गरेको अरु वडालाई नहेरेको गुनासो स्थानियहरुले गर्ने गरेका छन् ।
पाँचथरको दक्षिणी गाउँपालिका मिक्लाजुङले बाझो जग्गा नराख्नको लागी बाझो जग्गामा उत्पादन गर्ने किसानलाई अनुदानको व्यवस्था गरेको थियो । उत्पादन बढाउनकोलागी नितिनै बनाएर कृषकहरुलाई प्रोत्सहान गर्ने कार्य सुरु गरेको छ । ४० मुरी भन्दा धेरै धान फलाउने किसानले १ लाख रुपैयाँ दरले अनुदान बितरण गरीएको छ । यस्तै, चार फुट अग्लो र २० फुट लम्बाईको थाङ्ग्रो मकै फलाउने किसानलाई पनि १ लाख अनुदान दिने घोषणा अनुदान दिएको छ । यस्तै, ३५ मन देखि माथि आलु फलाउनेलाई प्रतिकेजी अनुदानको कार्यक्रम सुरु भएको छ । प्रतिकेजी २० रुपैँया अनुदान दिइएको छ । गत आर्थिक वर्षमा किसानहरुलाई १ करोड माथि अनुदान दिएको गाउँपालिकाले चालु आर्थिक वर्षमा ९६ लाख बराबरको अनुदान दिएको थियो । किसानहरुको सहजको लागी प्याज,लसुनहरु सर्मथन मुल्य समेत तोकेर गाउँपालिकाले खरीद गर्ने गरेको छ ।
मिक्लाजुङ गाउँपालिकाले संरचना निर्माणमा पनि निकै काम गरेको छ । आठवटै वडामा सडक निर्माण भइसकेको छ । एक वडाबाट अर्को वडा सडक सञ्जालमा जोडिएका छन् । कृषि सडकहरु प्रथमिक्तामा राखेर गाउँपालिकाले सडक निर्माण गरेको छ । मिक्लाजुङगाउँपालिका सबै वडामा बिजुली पुगेको छ । शिक्षा क्षेत्रमा समेत विद्यालयहरुलाई व्यवस्थित गर्न भवन र खेलमैदान निर्माणमा गाउँपालिकाले काम गरेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिले बताए ।
वडा कार्यालय लाई व्यवस्थित बनाउन एउटा वडा बाहेकका सातवटा वडाको वडा भवन निर्माण सम्पन्न भएको छ । पालिकाबाट सेवाग्राहिहरुलाई सुबिधा लागी लिफ्ट सहितको गाँउपालिका भवन निमार्ण सम्पन्न हुने चरणमा छ । सामुदायिक भवन निर्माणको कार्य समेत सम्पन्न गरेर उद्घाटन समेत गरेको छ ।
यस्तै, मिक्लाजुङ गाउँपालिकाको केन्द्र रवि बजारमा खुल्ला आकास मुनि रहेको पशुहाट, कृषि हाट बजारलाई व्यवस्थित गरिएको छ । बधशाला निर्माण सम्पन्न भएको छ । पशु बजार लाग्ने ठाउँलाई व्यास्थित गरिएको छ । आँखा अस्पतालको लागीे ६ रोपनी जग्गा गाउँपालिकाको नाममा ल्याइएको छ । अब आखाँ अस्पतालको निर्माण प्रकृया पनि अगाडी बढाउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष अमरराज माखिले बताए ।
रबि बजार ४ रोपनि जग्गामा डम्पीङ साइड पनि तयार गरिदै छ । चिडिया खानाको लागी १५ रोपनी जग्गा गाउँपालिकाले प्राप्त गरि सकेको र अब निकट भविष्यमा गाउँपालिकाले रबि बजारमा चिडियाखान पनि सञ्चालनको तयारी गाउँपालिकाले गरेको छ । गाउँपालिकाले स्थानीयबासि संग २ सय ७५ रोपनी जग्गा निःशुल्क रुपममा गाउँपालिकाको नाममा ल्याएर प्रयोग गर्ने तयारीमा छ ।
स्वास्थ्य केन्द्र, सभागृह, कृषि थोक, बसपार्क, कवर्ड हल, डम्पिङ साइट, चिडियाखाना, चिस्यान केन्द्र, हाईअल्टीच्यूट खेलमैदान, पशु बजार, कृषि भवन, आँखा अस्पताल, गाँउपालिका भवन, नापी, मालपोत लगायतका कार्यालयका लागि जग्गा गाउँपालिकाले निःशुल्करुपमा स्थानियहरुबाट ल्याएको छ ।
मिक्लाजुङ गाउँपालिकाको केन्द्र रबि बजार भित्र २ किलोमिटर सडक पिच गर्ने कार्य सम्पन्नभएको छ ।