पाँचथर । काठमाडौँबाट हराएको मोटरसाइकल पाँचथरमा परिमार्जित नम्बर प्लेटसहित फेला परेको छ । गत कार्तिक २७ गते हराएको २२० सिसीको पलसर मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख नेतृत्वको टोलीले फिदिम–४ मा नियमित चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो ।
काठमाडौँका सञ्जिब महर्जनको नाममा दर्ता भएको सो बाइकको वास्तविक दर्ता नम्बर बाग्मती प्रदेश ०२–०४८ प १३१८ रहेको प्रहरीले जनाएको छ । चोरीपछि उक्त नम्बर परिवर्तन गरी प्रदेश १–०२–०५६ प ५१८१ राखी कुदाइएको खुलेको छ ।
चेकजाँचका क्रममा कागजात, इन्जिन र च्यासिस नम्बर मिलान हुँदा मोटरसाइकल काठमाडौँबाट चोरी गरिएको पुष्टि भएको हो । फेला पारिएको सवारी साधन शुक्रबार माेटरसाइकल धनी महर्जनलाई बुझाइएके जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।
घटनामा संलग्न व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




