बिष्णु अधिकारी
पाँचथर ।पाँचथर जिल्लाका आठवटै स्थानीय तहबाट कक्षा १२ को परीक्षामा सहभागी भएका १६७५ विद्यार्थीमध्ये ८०५ जना मात्र उर्तिण भएका छन्। यसले जिल्लाको समग्र उर्तिण प्रतिशत ४८.०५ कायम गरेको छ। हालै सार्वजनिक भएको नतिजा विश्लेषण गर्दा अधिकांश पालिकामा विद्यार्थीको नतिजा कमजोर देखिएको छ।
राज्यले जिल्लाभर शिक्षा क्षेत्रमा लगानी गर्दै आए पनि, शिक्षण सिकाइको गुणस्तरमा अपेक्षित सुधार नदेखिनु गम्भीर चिन्ताको विषय बनेको छ। जिल्लाभर सञ्चालनमा रहेका विद्यालयहरूको कक्षा १२ को नतिजाले नीति निर्माण तहमा गहिरो समीक्षा आवश्यक देखाएको छ।
जिल्लाको एक मात्र नगरपालिका फिदिममा ५७१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये ३२२ जना उर्तिण भएका छन्। उर्तिण प्रतिशत ५६.३९ रहेको छ।
मिक्लाजुङ गाउँपालिकामा २४३ विद्यार्थी सहभागी भए, जसमध्ये १४४ जना उर्तिण भए। यहाँको उर्तिण प्रतिशत ५९.२५ रहेको छ, जुन जिल्लामै दोस्रो उत्कृष्ट हो।
हिलिहाङ गाउँपालिकाका १४२ सहभागीमध्ये ७६ जना उर्तिण भए। उर्तिण प्रतिशत ५३.५२ रहेको छ।
फालेलुङ गाउँपालिकामा १६४ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ७३ जना मात्र उर्तिण भए। उर्तिण प्रतिशत ४४.५२ रहेको छ।
तुम्बेवा गाउँपालिकाका ८६ जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ४० जना मात्र उर्तिण भएका छन्। उर्तिण प्रतिशत ४६.५१ रहेको छ।
फाल्गुनन्द गाउँपालिकाबाट २५८ विद्यार्थी सहभागी भए। तीमध्ये ११७ जना मात्र उर्तिण भए। यहाँको उर्तिण प्रतिशत ४५.३४ प्रतिशत रहेको छ।
याङ्वरक गाउँपालिकाको नतिजा भने जिल्लामै सबैभन्दा कमजोर देखिएको छ। यहाँ १६० विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ६९ जना मात्र उर्तिण भए। उर्तिण प्रतिशत ४३.१२ मात्र रहेको छ।
जिल्लाभरबाट सबैभन्दा राम्रो नतिजा कुम्मायक गाउँपालिकाले निकालेको छ। यहाँ ५१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमध्ये ३९ जना उर्तिण भएका छन्। कुम्मायकको उर्तिण प्रतिशत ७१.५९ प्रतिशत रहेको छ, जुन जिल्लामै उच्चतम हो।
हालको नतिजाले जिल्लाका विद्यालयहरूमा पठनपाठन, शैक्षिक वातावरण, अभिभावकको संलग्नता र शिक्षकमाथिको भरपर्दो मूल्यांकन आवश्यक रहेको देखिएको छ। सिकाइको स्तर वृद्धि गर्न राज्यको लगानीसहित स्थानीय तहहरूको सक्रियता अब अनिवार्य देखिन्छ।
कक्षा १२ को नतिजा विवरण
स्थानीय तह | सहभागी विद्यार्थी | उर्तिण विद्यार्थी | उर्तिण प्रतिशत |
---|---|---|---|
कुम्मायक गाउँपालिका | 51 | 39 | 71.59% |
मिक्लाजुङ गाउँपालिका | 243 | 144 | 59.25% |
फिदिम नगरपालिका | 571 | 322 | 56.39% |
हिलिहाङ गाउँपालिका | 142 | 76 | 53.52% |
तुम्बेवा गाउँपालिका | 86 | 40 | 46.51% |
फाल्गुनन्द गाउँपालिका | 258 | 117 | 45.34% |
फालेलुङ गाउँपालिका | 164 | 73 | 44.52% |
याङ्वरक गाउँपालिका | 160 | 69 | 43.12% |
जम्मा | 1675 | 805 | 48.05% |
सहभागी: १६७५ जना | उर्तिण: ८०५ जना
बिहिबार, साउन २२, २०८२ मा प्रकाशित