पाँचथर ।पाँचथरको कुम्मायक नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनोट भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले पाँचथरको कुम्मायक गाउँपालिकालाई छनोट गरेको हो ।मन्त्रालयले नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि १०४ वटा र कोशीका २० वटा पालिका छनोट गरेकामध्ये झापाका तीनवटा पालिका समावेश भएको मन्त्रालयको स्रोत परिचालन समन्वय शाखाका अधिकृत नमराज सापकोटाले जानकारी दिए ।
छनोट भएका ती स्थानीय तहहरूमा कार्यक्रम सञ्चालनका लागि एकमुस्ट रूपमा ८८ करोड ५० लाख रुपैयाँ पठाइएको सापकोटाले जानकारी दिए ।नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि २०८० बमोजिम आर्थिक वर्ष २०८०र८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहमध्ये तोकिएको योग्यता र आधार पूरा गरेका स्थानीय तहलाई छनोट गरिएको उनले बताए ।
सरकारले कार्यक्रमका माध्यमबाट स्थानीय क्षेत्रमा समावेशी, जलवायु अनुकूलन र दिगो आर्थिक विकासलाई प्रवद्र्धन गर्न, उत्पादन र उत्पादकत्व वृद्धि गरी स्थानीय उद्यमशीलता अभिवृद्धि गर्न एवम् रोजगारी र आय वृद्धि गर्न निजी क्षेत्र, सामुदायिक क्षेत्र तथा सहकारी क्षेत्रलाई परिचालन गर्दै स्थानीय आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममार्फत युवाहरुमा सीप विकास र आर्थिक विकासमा सहयोग पुग्ने सरकारको अपेक्षा रहेको छ । कार्यक्रमको कार्यक्षेत्र स्थानीय आर्थिक विकास पूर्वाधार निर्माण, आर्थिक सशक्तीकरण तथा व्यवसाय विकास, सीप विकास उद्यमशीलता विकास तथा औद्योगिक प्रवर्धन, विशिष्टीकृत वस्तु उत्पादन तथा बजारीकरण रहेको पनि सापकोटाले बताए ।