पाँचथर । पानीको सतहले डाइभर्सन पार गरेपछि हेवा खोलामा पुनः यातायात ठप्प भएको छ । हेवा खोलामा पानीको सतह बढे पछि अस्थाइ रुपमा निर्माण गरिएकाे बासकाे फड्केलाइ पनि क्षति पुगेपछि फड्केबाट आवतजावत बन्द गरिएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएकाे छ ।
मंगलबारबाट पटक पटक हृयुम पाइपमार्फत पानी तर्काएर बनाइएको डाइभर्सन निर्माण गरिए पनि हेवाखाेलामा राति पानिकाे सतह बढेसँगै मेची राजमार्गको फिदिम ताप्लेजुङ खण्ड पुनः अवरुद्व भएको हो ।