मोरङ । मोरङको सुन्दर हरैँचा–७ मा १८ महिनाको नाबालिकाको बलात्कारपछि हत्या भएको छ । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले उनका छिमेकी अजय चौधरी र मिथुन चौधरीलाई पक्राउ गरेको छ ।
शुक्रबार साँझ घरबाट हराएकी १८ महिने नाबालिका घरनजिकैको घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उपचारका लागि बिराटनगरस्थित नोबेल मेडिकल कलेज लगिए पनि शनिबार उनको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय, मोरङले घटनाबारे जानकारी दिन आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दैछ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै जना नाबालिकाकी छिमेकी हुन् । योनाङ्ग रगक्ताम्य भएको अवस्थामा उनलाई उद्दार गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय, मोरङका एसपी जनार्दन जिसीका अनुसार बालिकाको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । थप अनुसन्धान जारी छ ।