विराटनगर । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल नेकपा (एमाले)सँग सहकार्यको सम्भावना नरहेको बताएका छन् ।
आइतबार विराटनगरमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले आफूलगायत नारायणकाजी श्रेष्ठले कुरा गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली नकारात्मक मात्रै पाएको बताए ।
“देशको जटिल विषयमा मलगायत नारायणकाजी केपीसँग कुरा गर्न नगएको होइन । तर, हामीले कहीँ कतै एमालेमा सकारात्मक देखेनौँ । हामीले एकदम नकारात्मक, निषेधात्मक अहंकारबाहेक केही देखेनौँ । त्यसकारण एमाले (केपी ओली)सँग सहकार्य सम्भव छैन,” उनले भने । बार्हखरीबाट