सगुन सुसारा
समय र मिति याद नगर्ने मेरो बानी साह्रै नराम्रो छ । त्यही भएर मेरा संस्मरणहरु धेरै छैनन् । संस्मरणका लागि ‘ती’ कुरा ज्यादै महत्वको हुँदो र छ । आज त्यसको खाँचोको महसुस गरेको छु । संस्मरण तत् समयको मीठो याद हो । तत् समयको रमाइलो परिघटना हो । जसले एकापासको अन्तरकुन्तर हृदयको तहहरु जोड्छ । मनका भावनाहरु सँगाल्छ । वास्तवमा त्यो जीवनको एक महत्वपूर्ण अध्याय पनि हुन्छ, बन्छ । त्यही अध्यायहरु नै लेखकहरु लेख्ने गर्छन् । लेख्नुको आवश्यकता तथा महत्व पनि बन्छ । म पनि यो कुरामा अछुतो छुइन, भएर यहाँ सम्म आएको छु ।
२०६० सालतिरको कुरा र छ । महिना भने याद भएन । राजकुमार खडकाले भित्तेपात्रो निकालेको विमोचन रबिमा गर्ने भने पछि आपत प¥यो मलाइ । विद्यार्थी जीवनकाल थियो । आफ्नै गाउँमा विमोचन गर्ने भने पछि जानु त प¥यो । फेरि प्रमुख अतिथि कृष्णभूषण बल आउने कुरा र छ । म फसादमा परें । साहित्यमा लागेका मान्छेका लागि यो सुवर्ण अवसर थियो । आफू भन्दा अग्रज, ख्यातिप्राप्त व्यक्तिसँग भेट्न पाउनु । खासमा कृष्णभूषण बलको नेपाली कवितामा नाम उचो थियो र रहेको छ ।
दुर्गा मा वि रबिमा कार्यक्रम सम्पन्न भयो । बलसँग त्यत्रो भलाकुसारी गर्न सकिन । यो मेरो कमजोरी थियो । २८ बर्ष पछि कृष्णभूषण बलको उपस्थिति थियो त्यो रबिमा । म अचम्ममा परें । कसरी २८ बर्ष लाग्यो ? देशका उचो कविसँग साहित्यका बारेमा धित मरुञ्जेल भलाकुसारी गर्ने धोका त्यतिकै भयो, रह्यो । थकथक लागिरह्यो । हुन त पहिलो भेटमा धेरै कुरा गर्न नजान्ने नै हुँ । बलसँग पनि त्यही भयो । खासमा त्यति चर्चित कविसँग के कुरा गर्ने होला ? भनेर चैं म पिरोलिएको हुँ । अध्ययनको कमिले पनि ।
पछि २०६५ तिर हुनु पर्छ, म विराटनगर पुगेँ । त्यहाँ वाणी प्रकाशन छ र त्यहाँ नै कवि कृष्णभूषण बललाई भेटिन्छ भन्ने थाहा पाइसकेको थिएँ । फोन गरेर दाइ म आउँदै छु भनेँ । भोलिको समय मिलाउनु भयो । म वाणी प्रकाशन पुगेँ । ओ हो मलाई त त्यहाँ भेला भएका साहित्यकारको टोलीले स्वागत ग¥यो र मेरो प्रमुख आतिथ्यतामा एक गोष्ठी सम्पन्न ग¥यो । दाइ (कृष्णभूषण) कार्यक्रमको अध्यक्ष हुनु हुन्थ्यो । मैले केही आलोचनात्मक कुरा राखेँ । दाइले मेरो कुरामा केही बोल्नु भएन । दाइबाट केही प्रतिक्रिया खोजेको थिएँ । म निराश भएँ । मैले के निष्कर्श निकालेँ भने ‘मैले बोलेका कुरामा केही दम छैन ।’ कि त ‘ठीकै भनेँ ।’ तर खासमा के हो त्यो जान्नै नपाइ मैले बाहिरीनु प¥यो ।
२०६६ चैतमा चौधौं महानन्द पुरस्कार वितरण तथा साहित्यिक महोत्सव कार्यक्रम आयोजना गरेका थियौं । सो कार्यक्रममा राष्ट्रिय व्यक्तित्वको रुपमा कृष्णभुषण बललाई पनि सम्मान गर्ने निर्णय गरेका थियौं र आमन्त्रण पनि । त्यो भेटमा कविसँग मजाले बसेर रमाइलो गर्ने मन थियो तर त्यो पनि सम्भव भएन । किनभने साथमा भाउजु शोभा लामा पनि साथमा हुनुहुन्थ्यो । उहाँको बारेमा धेरै कुरा थाहा भइसकेको थियो । अर्थात पिउने बारेमा । म पनि अलिअलि पिउन थालेको थिएँ । पियाइसँगै साहित्यिक भलाकुसारी जमाउने मन अपुरो नै रह्यो । नेपाली साहित्यका बारेमा उहाँको बुझाइ र भावी लेखनका बारेमा जान्ने अभिलाषा पनि बाँकी नै रह्यो । लेखन यात्राका उतार चढावका बारेमा जान्ने इच्छा पनि पुरा हुन सकेन ।
चौथो भेट इलाममा कृष्णभूषण बलसँग भयो । त्यो भेट अन्तिम पनि भयो । त्यो दिन थियो २०६८ फागुन १४ – १६ । अन्तराष्ट्रिय साहित्य सम्मेलन इलामले आयोजना गरेको बृहत साहित्यिक कार्यक्रममा । इलामको सदरमुकाममा उद्घाटन भएर करफोकमा कार्यक्रम बिसर्जन हुने तालिका थियो । पाँचथरबाट हाङसेम गणेश केरुङ, गिरीराज बाँस्कोटा र म सहभागीको रुपमा इलाम पुगेका थियौं । त्यो कार्यक्रममा मजाले जम्ने (पिउने) विचार थियो । कार्यक्रममा दाइसँग सँगै बस्न नपाएकाले त्यो पनि अपुरो नै रह्यो । १४ र १५ को कार्यक्रममा हेल्लो, हाइ बाहेक अरु केही हुन सकेन । राष्ट्रिय तथा अन्तराष्ट्रिय साहित्यकारहरुको जमघटले पनि व्यस्त बनायो । १६ गते बिहानै करफोक प्रश्थान गरियो । गाडीमासँगै थियौं । तर अगाडी पछाडी । दाइको नजिक गएर मैले भने ‘दाइ आज चैं जम्नु पर्छ है ।’ दाइले रौसिएर जवाफ दिनु भो ‘मेरो गाउँले भाइसँग साँच्चै जम्न पाको छैन । आज चैं त्यो पुरा गर्नु पर्छ ।’
कारफोक पुगेपछि को कता को कता ? पो भइयो । कार्यक्रम शुरु भएपछि पो दाइ देखा पर्नु भो । मञ्चको अगाडी पट्टि म बसी रहेको थिएँ । दाइ आएर अंगालो मार्दै भन्नु भो ‘मेरो गाउँले भाइ ।’ ओ हो म अमिलो भएँ । नाकमा अमिलो गन्ध पस्यो । दाइले बिहानै सक्नु (पिउनु) भएछ । सँगै पिउँ भनेको दाइ एक्लैले पिउनु भएछ । मैले धेर खोजीनीति पनि गरिन । दाइ हल्लिएको हल्लिएकै हुनु भो । बातचित गर्न सक्ने अवस्थामा नै हुनुहुन्थेन । म आफैंलाई नरमाइलो लागेर आयो । यति सुप्रसिद्ध कविको यो हालत देखेर । तर वास्तवमा हालत देखाउने भनेको पनि एउटा विद्रोह रहेछ, पछि मैले महसुस गरेँ । जहाँ, जस्तो अवस्थामा रहे पनि साहित्य लेखनमा कोही कमी हुन्न । कोही, केही कमजोर हुन्न, अर्थात भन्ने चलन छ मोफसल केही होइन । सायद यसैको जवाफ हो यो ।
कवि कृष्णभूषण बलसँग दुई वटा कुरा कहिल्यै गर्न पाइन । गर्ने मन हुँदा हुदै पनि । पहिलो भेटमा साहित्यको अध्ययनको कमीले अरु भेट खुल्न नसकेको कारणले । अर्थात दाइसँग गर्न चाहेको पहिलो कुरा ‘अब नेपाली साहित्यको धारा कतातिर जानु पर्छ’ र दोस्रो कुरा ‘दाइ कतउँ ?’ नेपाली कविताकाशमा उनको कविता धेरै चर्चित भए । त्यसमा ‘आज त बिसाउँ होला थापाजी’ पनि एक हो । यो कविता, कविता र पियाइका लागि उत्तिकै चर्चित बन्यो र रह्यो पनि । धन्न दाइसँग बस्न नपाएर आज त बिसाउँ होला थापाजी, साकारजी, भुषणजी हुदै सुसाराजी हुन पाएन, पाइएन । यही त थकथकको कुरा भने मलाई रह्यो । यी कुरा किन गर्न चाहेको भने उहाँको जन्म स्थान अहिले रबि मै पर्छ, अर्थात गाउँले भ को कारणले । तर उहाँ जन्मदा त्यो गाउँ इलाममा पर्थ्रयो । माथिका दुई कुरा गर्न नपाए पनि पहिलो भेटमा फोटो खिच्न भने पाएकोमा खुशी छु । त्यतीखेर यासिका क्यमराले उहाँको एक तास फोटो खिचेको नै मेरो सम्झनाको चिनो बन्यो । फोटो धमिलो भए पनि सम्झना सफा छ । स्पष्ट छ ।
दाइसँगको बिर्सनै नसकिने सम्झना इ, एस्तै रहे । अझ झन बिर्सन नसक्ने क्षण दाइको नाममा स्थापित कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार पाउँदा बनेको छ । गर्व लागेको छ । प्रष्तिठानप्रति हार्दिक नमन । र यो पुरस्कार पाउँदा मेरा शुभचिन्तकका शब्दहरू यसप्रकार छन् ।
१) Biwash Pokharel) -कृष्णभूषण बल सिर्जना पुरस्कार तीन स्रष्टालाई !
कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले ,२०७७ सालको तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार कवि डा. विष्णुविभु घिमिरेलाई प्रदान गर्ने भएको छ । लामो समयदेखि नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि उक्त पुरस्कार दिइने निर्णय गरिएको हो ।
यसै गरी २०७७सालको कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान ,कवि समालोचक डा. गीता त्रिपाठी, र कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि सगुन सुसारालाई प्रदान गरिने छ । नेपाली कविता, समालोचना विधामा दिएका योगदानका लागि त्रिपाठीलाई र कविता विधामा दिएका योगदानका लागि सुसारालाई उक्त पुरस्कार सम्मान प्रदान गरिने भएको हो ।
प्रतिष्ठानका प्रमुख संरक्षक शोभा लामा बलको समुपस्थिति र प्रतिष्ठानका कार्यवाहक अध्यक्ष केशव आचार्यको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । पुरस्कार सम्मान आगामी माघ महिनामा विराटनगरमा समर्पण गरिने छ। पुरस्कृत स्रष्टात्रयमा हार्दिक बधाई
२) Kerung Hangsem) -आज बिहानै एकदम सुखद खबर पाईयो । बहुत खुशि लाग्यो। कृष्ण भुषण वल स्मृति पुरस्कार द्वारा पुरस्कृत हुने भएकोमा दाजुलाई हार्दिक बधाई
३) Prakash Dipsali) -प्रिय दाइ , उत्तरवर्ती सोचका अभियान्ता Sagun Susara २०७७ सालको “कृष्णभूषण बल स्मृति साहित्य पुरस्कार”बाट पुरस्कृत हुन लाग्नुभएकोमा दाजैलाई हार्दिक बधाई
४) बिनेद लुङिखम राइ) -कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि Sagun Susara बुबु लाई प्रदान गरिने खबर आएछ धेरैखुशी लाग्यो बेस्सरी बधाई बुबु लाई ।
५) Ramala Rai) -“कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार” द्वारा पुरस्कृत हुनुहुने भएकोमा आदर्णीय दाजु Sagun Susara लाई हार्दिक बधाई छ। तपाईले साहित्य क्षेत्रमा पुर्याउनु भएको योगदानलाई कदर गर्दै कृष्णभूषण बल स्मृति प्रतिष्ठान बिराटनगरले गरेको यो निर्णय प्रति म अत्यन्त खुशी व्यक्त गर्दछु ।
६) सन्देश सुब्बा सेन्लप) -कृष्ण भुषण वल स्मृति पुरस्कार द्वारा पुरस्कृत हुने हुनुभएको खबरले खुसी लाग्यो । बधाई छ Sagun Susara।
७) Raj Manglak) -उत्तरवर्ती सोचका अभियन्ता कवि सगुन सुसारा ूकृष्णभुषण बल स्मृति युवा सिर्जना पुरस्कारू बाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाइ छ ।
८) Yugal Sunuwar) -“कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार” बाट पुरस्कृत हुन लाग्नु भएकोमा आदरणीय कवि Sagun Susara दाजुलाइ हार्दिक बधाई छ।
९) Chet Nath Dhamala) -कृष्णभूषण वल पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा सगुन सुसाराजीलाई बधाई छ।
१०) Muna Raj Sherma) -नेपाली साहित्यको वाद लेखनहरुमध्ये उत्तरवर्ति सोचको अभियन्ता सगुन सुसारा प्रसिद्ध कवि कृष्ण भूषण बलको नाममा स्थापित पुरस्कारबाट सम्मानित भएकोमा हार्दिक बधाई छ !
Grand congratulations to the dear poet and activist of post modern thought Sagun Susara being rewarded by the prestigious recognition “Krishna Bhusan Bal Youth Creation Award 2078”, established in memory of prominent poet Krishna Bhusan Bal.
११) Parajit Pomu) -उत्तरवर्ती सोचका एक अभियन्ता कवि/लेखक सगुन सुसारा जी कवि” कृष्णभुषण बल स्मृति युवा सिर्जना पुरस्कार” बाट सम्मानित भएकोमा हार्दिक बधाइ छ ।
१२) Sanjaya Rai) -लैत दाजु याहालाई कृण्ण भूषण बल स्मृती युवा सिर्जना पुरस्कार दुवारा पुरस्कृत हुनु भएकोमा बधाई छ । भेटमा पाटि खाने हो ।
१३) Kugenamba Saroj Limbuwan) – उत्तरवर्ती कवि Sagun Susara दाजै ूकृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कारू बाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई छ ।
१४) Raj Kumar Rai) –बधाई छ दाजु
कृष्ण भूषण बल स्मृती पुरस्कार वाट पुरस्कृत हुनुहुने भएकोले बधाई छ Sagun Susara दाजु
१५) Laxman Rai Poishon) -गांउघरमा बसेर साहित्य क्षेत्रमा योगदान दिने हाम्रा दाई Sagun Susara लाई अहिले चाहि थोरै भए नी न्याय मिलेको अनुभूति ! बधाई छ दाजुलाई कृष्ण भुषण बल स्मृती पुरष्कारबाट सम्मानित हुन लागेको खबरले सारै हर्षित छु । — with Sujata Sampangrai and Sagun Susara.
१६) Prith Limbu) -दाजुलाई बधाई छ।
कृष्ण भूषण बल स्मृती पुरस्कारबाट पुरस्कृत हुन गाइरहनु भएकोमा धेरै-धेरै बधाई दाजु।
१७) महेन्द्र बिरही) -प्रसिद्ध कवि कृष्ण भूषण बलको नाममा स्थापित पुरस्कारबाट सम्मानित हुनुभएकोमा नेपाली साहित्यमा उत्तरवर्ती सोचका अभियन्ता सगुन सुसारा दाइलाई हार्दिक बधाई
१८) Dinesh Kerung) -कृष्णभूषण बल सिर्जना पुरस्कार तीन स्रष्टालाई !
बिशेष बधाई छ बुबु Sagun Susara
कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले ,२०७७ सालको तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । यसै गरी २०७७ सालको कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान ,कवि समालोचक डा. गीता त्रिपाठी, र कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि सगुन सुसारालाई प्रदान गरिने छ । नेपाली कविता,समालोचना विधामा दिएका योगदानका लागि त्रिपाठीलाई र कविता विधामा दिएका योगदानका लागि सुसारालाई उक्त पुरस्कार सम्मान प्रदान गरिने भएको हो ।
प्रतिष्ठानका प्रमुख संरक्षक शोभा लामा बलको समुपस्थिति र प्रतिष्ठानका कार्यवाहकअध्यक्ष केशव आचार्यको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । पुरस्कार सम्मान आगामी माघ महिनामा विराटनगरमा समर्पण गरिने छ। पुरस्कृत स्रष्टात्रयमा हार्दिक बधाई !
१९) Shreeshisa Rai) -कृष्णभुषण बल स्मृति युवा सिर्जना पुरस्कारबाट सम्मानित हुनुहुने पहिचान लेखनका सशक्त अभियन्ता बागियान साहित्यिक पत्रिकाका शुभचिन्तक सगुन सुसारालाई हार्दिक बधाई तथा शुभकामना छ । बागियान साहित्यिक पत्रिका परिवार
२०) Diliprai Sagar) -कृष्णभूषण वल स्मृती पुरस्कार- २०७८ ले सम्मानित हुनु भएकोमा हार्दिक बधाई मित्र Sagun Susara जि ! सेवा