पाँचथर । कुम्मायक गाउँपालिकको यासाेकमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।कुम्मायक -१, ओखलढुङगे स्थित ओमबहादुर बुढाथोकी घरमा बिहिवार दिउसो आगलागी हुँदा उक्त क्षति भएको हो ।
बुढाथोकीको घर नजिक रहेको गाईको ग्वालीबाट आगालागी भएको प्रहरीले जनाएको छ । अागलागीकाे कारण खुल्न सकेकाे छैन् । आगलागीबाट बुढाथोकीको नगदर १ लाख ५० हजार, २ तोला सुन,४० तोला चाँदी र अन्य बर्तन सहति घर पुर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
सुरक्षाकर्मी र स्थानीयबासीको सकृयतामा आगो नियन्त्रणमा लिईएकाले थप ठूलो जनधनको क्षति हुनबाट जोगिएको प्रहरीले बतायो ।