सरला रेग्मी
पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आयोजनामा तीन दिने खोजमुलक रिर्पोटिङ तालिम सम्पन्न भएको छ । तुम्बेवा गाँउपालीकाको आर्थिक सहयोगमा भएको उक्त तालिमा पाँचथर, ताप्लेजुङ र तेह्थुमका ३५ जना पत्रकारको सहभागिता रहेको थियो ।
शाखाले दुई आर्थिक बर्षलाई ‘क्षमता विकासका लागि तालिम बर्ष’ घोषणा गरेको थियो । तालिममा खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, खोजपत्रकारिता केन्द्रका महासचिव रामजी दाहाल र वल्ड भ्यू नेपालका अध्यक्ष केदार शर्माले प्रशिक्षण दिएका थिए । तालिममा सहभागि मध्ये उत्कृष्ट खोज सामाग्रि तयार पर्नेलाई पुरस्कृत गर्ने शाखाको योजना रहेको छ ।
तालिमको समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णु प्रसाद सापकोटाले पत्रकारको क्षमता विकासका लागि यस किसिमका तालिम भईरहनु पर्ने बताएका थिए ।
समापन कार्यक्रममा पाँचथर प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, सम्पादक नेपाल, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका उपाध्यक्ष लवदेव ढुङगानाले मन्तव्य राखेका थिए । कार्यक्रममा फिदिम नगरपालीकाका प्रशासकिय अधिकृत गणेश प्रसाद दाहाल, जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि राकेश थापा, नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्व सभापति प्रेम ओझा, कृष्ण ओझा, पूर्व अध्यक्ष लक्ष्मि गौतम लगायतका उपस्थिति थियो ।
शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले आर्थिक सहयोग गर्ने तुम्बेवा गाँउपालीका, प्रशिक्षक तथा समापन समारोहमा उपस्थितलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले भने ‘अबको दुई बर्ष तालिम बर्षकै रुपमा महासंघ अघि बढ्ने छ ।’
सहभागि मध्येबाट युद्ध बहादुर बोहोराले अनुभव सुनाएका थिए भने उपाध्यक्ष राधा लुईटेलले स्वागत मन्तव्य राखेकी थिईन । समापन कार्यक्रमको सञ्चालन शाखाका सह–सचिव प्रिय योङहाङले गरेका थिए ।