सरला रेग्मी,
झापा । शिवरात्रीको अवसरमा झापाको श्री अर्जुनधारा जलेश्वरधाममा साझमा आरती हेर्नेको घुइँचो लागेको थियो । बिहान ३:३० बजेदेखि नै शिवको पुजा गर्न दर्शनार्थिहरु मन्दिर आएका थिए ।
हरेक बर्ष यो मन्दिरमा पुर्वी नेपालका विभिन्न जिल्लाका तिर्थयात्री आउने गरेका छन् ।
शिवरात्रीलाई लक्षित गर्दै श्री अर्जुनधारा जलेश्वरधाम परिषद्लाई बेहुली झै सिँगारिएको थियो ।
खासगरी महाशिवरात्री, बालाचतुर्दशी, कृष्णजन्माष्टमी, माघे संक्राती जस्ता पर्वमा अत्यन्त घुइँचो हुने यस मन्दिर परिषद् भित्र शिवमन्दिर बिष्णु मन्दिर रहेको छ ।
झापाको बिर्तामोड मुत्तिचोकबाट दक्षिण लगभग १० किलोमिटरको दुरीमा पर्ने यो मन्दिर क्षेत्र बिहान देखि तिर्थयात्रीको भिड थियो । साझमा पनि शिव आरति हेर्नेको घुइँचो देख्न सकिन्थ्यो ।
मन्दिर परिषद्मा युवा देखि वृद्ध भक्तजनको उल्लेख्य उपस्थिती रहेको थियो ।