पाँचथर । राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध सडकमा निरन्तर आन्दोलन गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितकाे ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले आह्वान गरेको बन्दका कारण पाँचथरको सदरमुकाम फिदिमको जनजीवन प्रभावित बनेको छ।
फिदिम बजार आसपासका चोकहरु सुनसान छन् । व्यवसाय ठप्प छ । बसपार्क सुनसान छ । फाट्टफुट्ट सबारी साढण चलेका छन् । राजमार्गमा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने केही मात्रामा छाेटाे दूरीका सवारीसाधन चलेका छन्। बन्दका कारण लामो दूरीका यात्रुहरू अलपत्र परेका छन्।