पाँचथर । फालेलुङ्ग २ सिद्दकाली उच्च माध्यमिक बिद्यालय एकतिनका कक्षा ४मा अध्यनरत १० बर्षिय अनुस राईको ‘ज्याभ्लिङ्ग थ्रो ‘ खेलको अभ्यास गर्दा कन्चटमा गम्भीर चोट लागेर उपचारको क्रममा मृत्यु भएको छ ।
पाँचथरमा उपचार सम्भब नभए पछी अनुसलाई झापाको बिएण्ड सि लागिएको थियो । उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।