पाँचथर। पाँचथरको सदरमुकाम फिदिमको गणतन्त्र चोकमा आयोजित एमसिसि जनमत संकलन सम्पन्न भयो। अखिल क्रान्तिकारी विद्यार्थी संगठनको आयोजनामा सडक जनमत संग्रह कार्यक्रम सम्पन्न भएको हो ।
देशका विभिन्न ठाउँमा एमसिसि को बिरोध तथा प्रदर्शन भैरहेको बेला अखिल क्रान्तिकारी विद्यार्थी संगठन प्रदेश नम्बर १ ले आज फागुन ११ गते प्रदेशका सबै जिल्लाहरुमा एमसिसि प्रति आम जनताको धारणालाई नजिकबाट नियाल्नका निम्ति प्रत्येक जिल्लाका क्यापस र चोकहरुमा जनमत संग्रह गरेको हो ।
उक्त कार्यक्रममा एमसिसी पास हुनुहुदैन भन्नेमा १६२ जनमत रहेको थियो भने पास हुनुपर्छ भन्नेमा १७ जनमत खस्यो । ५ जनाले दुबै अर्थात बदर मत खस्दा जम्मा १८४ मत खसेको अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्दिय सदस्य सुर्य बेघाले जानकारी दिए ।
युवा पुस्ताकाे सकृय सहभागिता रहेको फिदिम नगरपालिकाका नगर उपाध्यक्ष दिपक दुलालले केन्जो खबर डटकमलाई जानकारि दिए ।