काठमाडौ । सरकारले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगकाे सम्झौता संसदमा टेबल गराउने प्रयास गरिरहँदा सडकमा यसकाे विराेध भइरहेकाे छ । एमसीसीविरुद्धकाे प्रदर्शनले बुधबार काठमाडाैंकाे नयाँ बानेश्वर तनावग्रस्त भयाे ।
एमसीसीबारे राजनीतिक दलदेखि विज्ञ, नागरिक सबैकाे विभाजित मत छ । यद्यपि सत्ता गठबन्धनमा सहमति भए आगामी शुक्रबार एमसीसीलाई संसदमा टेबुल गरिने कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले बताइसकेका छन् ।
नेपालमा यति विघ्न विवादित बनेकाे एमसीसी कार्यक्रम अन्त कहाँ-कहाँ छ त ?
एमसीसीकाे वेबसाइटअनुसार नेपालसहित ५१ देशमा एमसीसीका कार्यक्रम छन् । तर सबै देशमा लागू नै भइसकेकाे चाहिँ हाेइन । नेपालजस्तै हस्ताक्षर गरी बाँकी काम अघि नबढाएका मुलुक पनि छन् । ३० भन्दा बढी देशमा एमसीसी परियाेजना सम्पन्न भइसकेका छन् भने केही देशमा याे सम्झाैता लागू नहुँदै रद्द/फिर्ता गरिएकाे छ ।
नेपालले १४ सेप्टेम्बर २०१७ मा एमसीसीसँग सम्झाैता गरेकाे थियाे । विवादका कारण यहाँ परियाेजना कार्यान्वयन हुन सकेकाे छैन ।
१३ अगस्ट २०२० मा हस्ताक्षर गरेकाे पश्चिम अफ्रिकी मुलुक बुर्किना फासाेले पनि सम्झाैता कार्यान्वयनमा लगेकाे छैन । महिना दिनअघि मात्र २२ जनवरी २०२२ मा सोलोमन आइल्याण्ड्सले सम्झाैतामा हस्ताक्षर गरेकाे छ । श्रीलंकामा राजनीतिक विवादका कारण एमसीसीकाे परियाेजना लागू नै हुन सकेन ।
सन् २०१२ मा परियाेजना सम्झाैतामा हस्ताक्षर गरेकाे तान्जेनियाबाट राजनीतिक कारण देखाउँदै एमसीसीले २०१६ मा परियाेजना रद्द गरेकाे थियाे । माली र एमसीसीबीच १३ नाेभेम्बरमा सम्झाैता भएकाे थियाे । सन् २०१२ मा सैन्य कु भएपछि एमसीसीले मालिमा सञ्चालित परियाेजना निलम्बन गरेकाे थियाे । एमसीसीले सन् २००९ मा राजनीतिक कारण देखाउँदै मडागास्करमा पनि परियाेजना राेकेकाे थियाे ।
एमसीसीसँग अनुदान परियाेजनामा हस्ताक्षर गरेका देशहरूः
१. अल्बानिया
२. अर्मेनिया
३. बेलिज
४. बेनिन
५. बुर्किनाे फासाे
६. केप भर्ड
७. काेट डिभर
८. एल साल्भाडर
९. इथियाेपिया
१०. जर्जिया
११. घाना
१२. ग्वाटेमाला
१३. गुयाना
१४. हाेन्डुरस
१५. इन्डाेनेसिया
१६. जाेर्डन
१७. केन्या
१८. किरिबाती
१९. काेसाेभाे
२०. किर्गिज रिपब्लिक
२१. लेसाेथाे
२२. लिबेरिया
२३. मडागास्कर
२४. मलावी
२५. माली
२६. माेल्डाेभा
२७. मंगाेलिया
२८. माेराेक्काे
२९. माेजाम्बिक
३०. नामिबिया
३१. नेपाल
३२. निकारागुवा
३३. नाइजर
३४. पाराग्वय
३५. पेरू
३६. फिलिपिन्स
३७. रूवान्डा
३८. साओ टोमे र प्रिन्सिपे
३९. सेनेगल
४०. सेरा लियाेन
४१. सोलोमन आइल्याण्ड्स
४२. श्रीलंका
४३. तान्जेनिया
४४. द गाम्बिया
४५. टिमाेर लेस्टे
४६. टाेगाे
४७. ट्युनिसिया
४८. युगान्डा
४९. युक्रेन
५०. भानुआतु
५१. जाम्बिया
साभार: शिलापत्र