पाँचथर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव पाँचथरमा आशिंक देखिएको छ । पाँचथरमा बिहानैदेखी लामो रुट हुँदै मेचि राजमार्गमा कुद्ने सवारी साधनहरु कुदेका छ्रैन्न । तर, छोटो दुरीका सवारी साधनहरु भने छिटपुट रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
जिल्ला सदरमुका फिदिममा बिहानैदेखि अधिकांश पसलहरु बन्द छन् । केहि पसलहरु छिटपुट रुपमा खुलेका छन् । नेपाल कम्युनिष्ट पार्टीले मंगलबारनै बन्द घोषणा गरे पनि सुरक्षा हाइअलर्ट राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथले जनाएको छ ।
पाँचथरमा अहिले सम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपि राकेश थापाले बताए ।