धरान । फागुन ४ गते विभिन्न दलले एमसिसिको विरुद्धमा नेपाल बन्द गर्ने भने पनि तराईका जिल्लामा बन्दको प्रभाव देखिएको छैन् । प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेसँगै विभिन्न दलहरुले बन्दको आह्वान गर्दा जनजीवनलाई सामान्य असर गरेको देखिन्छ भने सडकमा गाडी गुडिनै रहेका छन् ।
सडकमा काँकरभिट्टा देखि काठमाडौ सम्ममा लामो दूरीका सवारीसाधन चलिरहेका छन् । छोटो एवम् मध्यम दूरीका सवारीसाधन पनि चलिनै रहेका छन् । निजी सवारीसाधन सडकमा गुडिरहेको देखिन्छ । तराईका राजमार्गसंग जोडिएका शाखा सडकहरुमा पनि सवारी साधन गुडेकै छ । शैक्षिक संस्थामा भने बन्दको प्रभाव परेको देखिन्छ ।
सार्वजनिक स्थलमा बन्दकर्ताको उपस्थिति देखिएको छैन् । भने पुर्व पश्चिम राजमार्गमा पर्ने जङ्गल चारकोशे झाडी, कानेपोखरी जङ्गल, पथरी जङ्गलमा भने सुरक्षाकर्मिको उपस्थिति बाक्लै देखिन्छ ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तकािरी माओवादी), नेत्रवक्रमि चन्द (विप्लवि) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टि , ऋषि किट्टेल नेतृत्वको नेकपा,आहुती नेतृत्वको वैज्ञानक समाजबादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक माेर्चा नेपालले मुलुक बन्दको आह्वान गरेका हुन् ।