झापा– कथाकार विश्व कुइकेलको कथा सङ्ग्रह सुगन्धपुरमाथि विमर्श भएको छ । झापा बुद्धशान्तिको बुद्ध आदर्श माविमा स्थानीय र झापाका साहित्यकारहरुको उपस्तिथिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मनोरथ तिवारीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार भवानी मिश्रको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्यानल छलफल भएको थियो । कार्यक्रममा साहित्यकार मुनाराज शेर्माले विविध प्रश्नका साथ प्यानल सहजीकरण गर्दै वक्ताहरू लेखक विश्व कुइकेल दामोदर ढुङ्गेल र कृष्ण बरालले उत्तर दिएर जिज्ञासा माथि छलफल गरेका थिए ।
कार्यक्रममा कुमार भट्टराई लिला अनमोल जय भण्डारी धन बहादुर श्रेष्ठ बेनुप पनेरु भवानी मिश्र मनोरथ तिवारी केसि श्रेष्ठ महेश्वर सम्फाहाङ्फे कृष्णराज भण्डारी दुर्गा पोख्रेल देव कुमारी शेर्मा घनस्याम पौडेल लगायतले जिज्ञासा राखेका थिए। खास गरि शाश्वत यथार्थ पात्रहरुको कथा लेखेको कथालाई सौदर्यकरण गर्न कतै फिक्सनाइज स्वैरकाल्पनिकिकरण गरेको नत्र यथार्थको जमिनमा उभिदा लेखे बाहेक कल्पनामा मात्र कथा नलेखेको सत्य लेखकको स्विकारोक्ती पाठक श्रोता माझ पोखियो। जागिरे जीवनमा भेटिएको पात्रहरु नै आफ्नो कथाका पात्र भएको तथ्य उजागर गरेका छन् । विशेष दलित मुद्दा नारीको यौन अधिकार कर्णालीको बिकटता दुख लिपुलेक टिङ्कर क्षेत्रको समस्यामाथि कृतिले बोलेको कुरा लेखकीय धारणा छ।
यसअघि उमा सुबेदिको सयौं पुतली गणेश निरौलाको कोठेबारी ढुङ्गा र माटोमाथि चर्चा भैसकेको छ । यो काव्य विमर्श निरन्तर जारी रहि विद्यालयमा साहित्यिक गतिविधि मार्फत प्रश्न गर्ने सिप र उत्तर दिने क्षमताको विकासको साथै नेपाली वर्तमान साहित्यसँग स्थानीय र विद्यार्थीलाई जोड्दै भविष्यमा राम्रो स्रष्टा उत्पादन गर्ने लक्ष्य विद्यालयका प्रध्यानाध्यापक कृष्णराज भण्डारीले बताए थिए ।अध्यक्ष तिवारीले यस प्रकारको महत्वपूर्ण कार्यक्रम विद्यालयले निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।