इलाम । हावाहुरीले इलामको रोङ गाउँपालिकाको भालुझोडामा रहेको नेपाल टेलिकमको टावर लडाएको छ।वर्षासँगै आएको हावाहुरीले इलामको रोङ गाउँपालिका ४ भालुझोडामा रहेको नेपाल टेलिकमको टावर लडाएको हो।
मेचीराजमार्गमा नजिकै रहेको नेपाल टेलिकमको फोरजी टावर लडाएको रोङका पत्रकार गणेश अर्यालले बताए।हावाहुरीले राजमार्ग आसपास रहेका रूखहरू समेत लडाएको छ।
रोङकै सिद्धदेवी विद्या मन्दिरको छानोसमेत हावाहुरीले उडाएको छ।




 
         
         
         
         
         
         
         
         
  		  
  		  
  		  
                                       										 
  		  
  		  
   		 
         
                   
  		  
  		  
  		  
  		  
  		 

