काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
देउवा र प्रचण्डबीच सोमबार बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा स्थानीय तहको निर्वाचन, एमसीसीलगायत समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।स्थानीय तहको निर्वाचन आउँदो जेठ मसान्तभित्र गर्न सत्ता गठबन्धनमा सहमति जुटेको छ । निर्वाचनका लागि ऐन संशोधन गर्ने तयारी छ । सोही विषयमा छलफल भएको बताइएको छ ।
एमसीसीका कारण गठबन्धन टुट्न सक्ने चर्चा व्यापक छ । तर, गठबन्धनका नेताहरूले एमसीसीकै कारण गठबन्धन नटु्ट्ने दाबी गर्दै आएका छन् । सोही विषयमा कुराकानी भएको बताइएको छ । (साभार: बार्हखरीबाट)