सरला रेग्मी,पाँचथर । कोरोना संक्रमणको जोखिम बढेसंगै सरकारले माघ १५ गते सम्म देशै भरोका बिधालय बन्द गर्ने निर्णय गरेको हो । पाँचथरमा पनि कोभिड १९ संकट ब्यबस्थापन समिती (डिसिएमसीले) जिल्लाका सम्पुर्ण पठनपाठन विद्युतिय माध्यमबाट पठन पाठन गराउनु भनेर आदेश जारी गरेको छ । पाँचथर जिल्ला भरिमा ७ गाउँपालिका र १ वटा नगारपालिका रहेको छ ।
सबै गाउँपालिका र नगरपालिकाले बिधालय भर्चुअल माध्यम बाट पठनपाठन शुरु गरेपनी फालेलुङ गाउँपालिका र मिक्लाजुङ गाउँपालिकाले भने आफ्नो क्षेत्रभित्रका बिधालय संचालन गरिरहेका छन् ।
कोरोना विरुद्धको खोप १२ देखि १७ बर्ष उमेर समुहले मात्र लगाएका छन् तर बिधालयमा १२ बर्ष भन्दा कम उमेर विद्यार्थीपनि समाबेश हुनेहुदा यस्तो अवस्थामा बिद्यालय संचालन गर्नु जोखिम देखिन्छ ।बिधालय अत्यन्तै संबेदनसिल क्षेत्र हो, बालबालिकालाई कोरोनाबाट जोगाउनु पहिलो प्राथमिकता भएपनी स्थानिय सरकारले जिल्लाको आदेशलाइ बेवास्ता गरेको देखिन्छ । डिसिएमसी पाँचथरको बैठकले समेत जिल्लाका सबै शैक्षिक संस्थाहरु माघ १५ सम्मा बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले बिधालय स्तरका सबै परीक्षा रोक्न निर्णय गरेको छ । तर, फालेलुङ गाउँपालिकाले भने पौष २२ देखि माघ ७ गते सम्म जाडोको बिदा भएको र बिद्यार्थीको पढाईमा असर हुने भएकोले पनि पठनपाठन गराएको फालेलुङ गाउँपालिकाकी शिक्षा शाखा प्रमुख करुणा नेपालले बताएकि छिन् ।
नेपालले भनिन “जिल्लाले निर्णय गर्नु अगाडी नै गाउँपालिकाको निर्णय भएको थियो” । “शैक्षिक क्यालेन्डर अनुसार नै पठनपाठन भएको बताएकी छन्” । यता मिक्लाजुङ्ले भने कोभिडको असर नदेखिएकोले बिधालय संचालन गरेको मिक्लाजुङ् गाउँपालिका शिक्षा शाखाका प्रमुख तिर्थराज मिश्रले केन्जो खबर डटकमलाई बताएका छन् ।
कोभिड १९ संकट ब्यबास्थापन समिती (डिसिएमसी)को निर्णय र सरकारको निर्णय गाउँपालिकाले मान्नु पर्ने र हिजो माघ ९ गते मिक्लाजुङ गाउँपालिका र फालेलुङ गाउँपालिकालाइ बिधालय बन्द गर्ने परिपत्र गरिसकेको डिसिएमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताएका छन् । उत्त पालिकाहरुका प्रमुखहरु संग समन्वय गरिरहेको न्यौपानेले जानकारी दिए ।