पाँचथर । यस आर्थिक बर्षको ६ महिनामा १ नम्बर प्रदेश प्रहरी कार्यालय को तथ्यांक अनुसार ८ करोड ५९ लाख ६४ हजार ५ सय राजस्व संकलन भएको छ । ट्राफिक नियम उलंघन गर्ने १ लाख ३१ हजार ५ सय ७६ वटा सवारी साधनलाई कार्वाही गर्दा सो रकम संकलन भएको हो । यो आर्थिक बर्षको ६ महिना अबधिमा ३ हजार ६ सय २७ वटा विभिन्न अपराध सम्बन्धी मुद्दा दर्ता भएका छन् भने फरार भएका ११ सय ६८ जना प्रतिवादिहरु पक्राउ गरी ६ सय ३२ बर्ष कैद भुक्तानी हुदा ४ करोड २५ लाख ९० हजार ४ सय ५२ रुपैया राजस्व संकलन भएको छ ।
यो आर्थिक बर्षको ६ महिनामा लागू औषधमा गाँजा ३ सय ८२ किलो ८९९ ग्राम ,चरेश १४ ग्राम ५ सय मिलिग्राम, ब्राउन सुगर १ किलो ४ सय २५ मिलिग्राम र विभिन्न मनोद्रीपक क्याप्सुल १० हजार६८, एम्पुल ३ हजार ८ सय ७५ र मनोद्रीपक औषधीहरु ४ सय ७५ क्याप्सुल नियन्त्रण गरिएको र १६ सय ६१ रोपनी क्षेत्रफलमा लगाएको ७ लाल्ह ५१ हजार ७ सय ७८ बोट गाँजा नष्ट गरिएको छ । यस आर्थिक बर्षको ६ महिनामा कुल १९ करोड ८ लाख ५९ हजार ४ सय ३५ राजस्व संकलन गरेको १ प्रदेश नम्बर प्रहरी कार्यलय बिराटनगरले जनाएको छ ।