पाँचथर । पछिल्लो समय देश भर कोरोना भाइरसको नयाँ भेरीयन्ट ओमिक्रोन बढीरहेको र त्यसको जोखीमलाई मध्यनजर गर्दै कोभिड १९ संकट ब्यबस्थापन समिति(डिसिएमसि) पाँचथरले सर्वाजनिक स्थलमा हुने सबै खाले भेलहरुलाई पुर्ण राेक लगाउने निणर्य गरेको छ । अब सार्वजर्निक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुन नपाउने भएको छ । आज राति १२ बजे बाट लागु हुने गरि सभा ,गोष्टी, बैठक,सेमिनारमा सहभागी हुदा अनिवार्य पूर्ण खोप कार्ड लगाएका व्यक्तिहरु मात्र उपस्थित हुनुपर्ने आदेशमा उल्लेख छ ।
सिनेमा हल, जिम हाउस,होटल,रेष्टुडेन्ड,नाचघर, हेल्थ क्लब,स्विमिङ पुल, फुटसल,पटके हाट बजार र मानिसको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ १५ सम्म नगराउने निर्णय गरेको छ। बिद्यालय, विश्वबिद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप नगर्ने निर्णय गरेको छ। तर पुर्व निर्धारित परिक्षा स्वास्थ्य मापदण्ड अपनाएर संचालन गर्ने आदेश दिएको छ ।
मठ, मन्दिर, मस्जिद, गुम्बा,चर्च लगाएतका धार्मिक स्थलहरुमा स्वस्थ्य मापदण्ड पालना गर्न निर्णय गरेको छ । माघ ७ गते बसेको डिसिएमसी पाँचथरको बैठकले सरकारी सेवा लिदा होस् या सार्वजनिक स्थल जादा खोप कार्ड अनिवार्य रुपमा देखाएर मात्र सेवा लिन पाउने निर्णय छ।
सार्वजनिक यातायात संचालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनि, सवारी साधनमा यात्रुले देखिनेगरि सेनिटाइजर व्यबस्था गर्नु पर्ने, चालक सहचालकले अनिवार्य मास्क तथा फेससिल्ड लगाउनु पर्ने, मास्क नलगाउने यात्रुलाइ सवारी साधनमा प्रबेश निशेध गरिनु पर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताएका छन् ।
माघ ७ गते बसेको डिसिएमसि पाँचथरको बैठकले कोभिड १९ संक्रमण जोखिम बढ्र्दै गइरहेको सन्दर्भमा जिल्लामा स्वास्थ्य कार्यालय र स्वास्थ्य संस्थाहरुले र स्थानीय सरकारले , खोपलाई नियमित गर्ने थुप्रै निणर्यहरु गरिएको छ ।
हेर्नुहाेस डिसिएमसि पाँचथरको निर्णय