काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
सरकारको ६ महिना पूरा भएको तथा देश कोरोना महामारीको संकटमा रहेका बेला प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।“प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ, “सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।”