दिपक दुलाल
पाँचथर । धामी,झाँक्री,पुरोहित,लामा,बिजुवा तथा स्वास्थ्यकर्मीहरु बिच पोषण विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम फाल्गुनन्द गाउँपालिका वडा नं.१ नवमीडाँडामा हिजो सम्पन्न भएको छ ।
कार्यक्रममा परम्परागत चिकित्सा पद्धतीलाई सम्मान गर्दै उनीहरुबाट विरामीलाई गरिने प्राथमिक सेवापछि तुरुन्तै स्वास्थ्य संस्थामा लैजान सल्लाह दिने र बालविवाहबाट स्वास्थ्यमा हुने असर तथा कानुनी व्यवस्था र बालविवाह न्यूनिकरणका बारेमा छलफल भएको थियो ।
फाल्गुनन्द गाउँपालिका बहुक्षेत्रिय पोषण कार्यक्रमले आयोजना गरेको उक्त कार्यक्रममा फाल्गुनन्द १ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवमीडाँडाका धामी,झाँक्री,पुरोहित,लामा,बिजुवा,स्वास्थ्य स्वयंसेविकाहरु,जननिर्वाचित प्रतिनिधीहरु सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
पाँचथरमा धामी,झाँक्री,पुरोहित,लामा,बिजुवा तथा स्वास्थ्यकर्मीहरु बिच अन्तरक्रिया
पाँचथरमा धामी,झाँक्री,पुरोहित,लामा,बिजुवा तथा स्वास्थ्यकर्मीहरु बिच अन्तरक्रिया
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस