पाँचथर । सरकारले कोभिड १९ बिरुद्धको पुर्णखोप लगाएको ६ महिना पुगेका अग्रपंक्तिमा खटिने ब्यक्तिहरुको लागि सोमबार देखि कोरोना बिरुद्धको बुस्टर खोप दिन थाले संगै पाँचथर जिल्लामा पनि उत्त खोप दिन थालिएको छ ।
पहिलो चरण अन्तर्गत अग्रपंक्तिमा खटिने स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सम्पुर्ण कर्मचारी, सुरक्षाकर्मि,एम्बुलेन्स तथा शव चालक,महिला स्वयंसेविका,सरकारी कार्यलयमा कार्यरत कर्मचारी,संचारकर्मी,पत्रकार,फोहोर संकलन तथा सरसफाइकर्मी,सार्वजनिक यातायातका चालक तथा सहचालक रहेका छन् ।
कोरोना बिरुद्धको पुर्णखोप लगाएका ६० बर्ष माथिका सबै नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई दोस्रो चरण अन्तर्गत माघ दोस्रो साताबाट बुस्टर डोज दिने स्वास्थ्य कार्यलय पाँचथरका खोप सुपरभाइजर गणेश तुम्बापोले केन्जो खबर डटकमलाई बताएका छन् । पहिले जुन खोप लगाएको हो सोही खोपको बुस्टरमात्रा दिइने स्वाथ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ ।