दमक । प्रतिबन्धित लागूऔषधसहित दमकबाट २ जना पक्राउ परेका छन् ।आज बिहान ४ बजे दमक २ हम्से-दुम्से सामुदायिक जंगलमा मे. ३ प ५६६२ नम्बरको मोटरसाइकलमा सवार ईलाम माङ्सेबुङ गाउँपालिका २ का ३२ वर्षीय दिपेन्द्र राई र सोही ठाउँका १९ वर्षीय नुवसन मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीलाई देखेर उनीहरु भागेपछि प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकललाई रोकी चेकजाँच गर्दा उनीहरुको साथमा रहेको २ ओटा झोलामा प्रतिबन्धित लागूऔषध गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम फेला पारेको थियो ।उनीहरुलाई पक्राउ गरी मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय दमकमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।