तेह्रथुम । तेह्रथुमको फेदाम गाउपालिका-१ का ५२ बर्षीय अम्बर बहादुर बस्नेतको घाँस काट्ने क्रममा करेन्ट लागी मृत्यु भएको छ । हिजो मध्यान्न १२ बजे छिमेकी नन्द बहादुर बस्नेतको खेतमा रहेको पटमेरोको रुखमा चढी हाँगा झार्ने क्रममा हाईटेन्सन लाईनको तारमा हाँगा अल्झिदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो । मृतक स्थानिय महाकाली मा.बि. को प्रधानाध्यापक रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।