काठमाडौं । कोरोना महामारीको संक्रमण लगातार बढिरहेकाले कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रले माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू बन्द गर्न सिफारिस गरेको छ ।
आइतबार बसेको बैठकले बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरिएको केन्द्रकी प्रवक्ता सुनिता नेपालले जानकारी दिएकि छन् ।