काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ‘आइसोलेसन’मा बसेका छन् । उनको भोलि पीसीआर परीक्षण गरिने भएको छ ।
गएको बिहीबार र शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । सो बैठकमा सहभागी केही नेताहरू कोरोना संक्रमित भएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा बसेको उनका स्वकीयसचिव भानु देउवाले जानकारी दिए ।
नी सरकारी निवासमै एकान्तवासमा बसेका हुन् । भोलि पीसीआर परीक्षण गरिने र त्यसको नतिजापछि थप निर्णय लिइने भानु देउवाले बताए । ( बाह्रखरीबाट )