पाँचथरको । फाल्गुनन्द गाउँपालिका महिला तथा बालबालिका शाखा कार्यालय फाक्तेपले आयोजना गरेको लैङ्गिक तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी १ दिने तालिम हिजो सम्पन्न भएको छ ।
तालिममा शारीरिक हिंसा,मानसिक हिंसा,यौनजन्य हिंसा,आर्थिक हिंसा लगायतका लैङ्गििक तथा घरेलु हिंसा न्यूनिकरण तथा कानुनी व्यवस्थाको बारेमा छलफल भएको थियो ।
फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडाको साहसी महिला बहुउद्धेश्यीय शहकारी संस्थाको भवनमा सञ्चालन भएको तालिममा विभिन्न संघसंस्था तथा शहकारी संस्थाका प्रतिनिधीहरु,महिला सहकारी संस्थाका पदाधिकारीहरु,समाजसेवी,बुद्धिजिवी ,सञ्चारकर्मी लगायत २२ जनाको सहभागिता रहेको थियो ।
तालिमको सहजीकरण फिदिम नगरपालिकाकी महिला विकास निरिक्षक शर्मिला खापुङ र फाल्गुनन्द गाउँपालिकाकी सामाजिक परिचालिका बसन्तकला पौडेलले गरेका हुन् ।
फाल्गुनन्द गाउँपालिकामा लैङ्गिक तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी १ दिने तालिम सम्पन्न
फाल्गुनन्द गाउँपालिकामा लैङ्गिक तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी १ दिने तालिम सम्पन्न

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस