पाँचथर । केही साता अघि सम्म जिल्ला प्रशासन कार्यलय पाँचथरमा नागरिकता लिनेको भिड थियो । त्यो भिडले नागरिकता बनाउने मात्र होइन कोभिड १९ भित्राउने संकेत गर्दै थियो । केन्जो खबर डटकम बाट र अन्य स्थानीय मिडियाबाट नागरिकलाई नागरिकता बनाउन सास्ती भएको समाचार आए संगै सरोकारवालाको त्यस तर्फ ध्यानाकर्षण भएको थियो ।
नागरिकता बितरणलाइ सहज बनाउन स्थानिय जनप्रतिनिधी, नगरप्रमुख, गाउँपालिका अध्यक्ष लगाएत नेपाली काङ्रेस पार्टिले आग्रह गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले भने ‘पछिल्लो दिनमा नागरिता बनाउन आउने संख्या धेरै भएको र जनशक्ति अभावका कारण नागरिकता बितरणमा समस्या भएको थियो मिडियामा आएको दवाब गृहमन्त्रालय सम्म पुग्यो र जनशक्ती ल्याउन सहज भयो’ ।
अहिले जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी, सहायक जिल्ला अधिकारी र दुई जना प्रशासक अधिकृत भएका कारण नागरिकता बितरणमा सहज भएको छ ।जनशक्ति कम हुदा इलाका प्रशासन कार्यलय रबिमा पनि कर्मचारी थिएनन् तर अहिले जिल्लामा चार जना र इलाका प्रशासन कार्यलय रबिमा समेत एक जना पठाएको कारण थप सहज हुँदै गएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताएका छ्न । यो पुस महिना भरीमा जम्मा ९ सय ३२ जना नागरिकले नागरिकता पाएका छन् ।