पाँचथर । फालेलुङ -६ काे बरभञ्जाङमा गए राती आागलागि हुदा पाँचथर फालेलुङ गाउँपालिका ६ का जित बहादुर मेङबा लिम्बुको काठले बनेको घर,त्यस घरमा संचालनमा आएको दूध डेरि लगाएत नगद रु ७ लाख बराबरको क्षती भएको छ। नेपालि काँग्रेस फालेलुङ गाउँपालिका ६ वडानम्बरको कार्यालयको फर्निचर, कागज पत्र समेत जली नष्ट भएको र ५७ लाखको क्षती भएको छ । सोही ठाउँमा बस्ने रामजित राईको घर नष्ट हुनुको साथै नगद रु, ३५ लाखको क्षती भएको हो। सोही स्थानका धर्म केरुङको किराना पसल, टेलर्स जलेको हो । आइएम,किराना पसल, कम्प्युटर, फेन्सी पसल अलैची गोदाम गरि लगभग एक करोड नब्बे लाख बराबरको धनमाल जलि क्षती भएको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ । फिदिमबाट गएको दुइवटा दमकल, स्थानिय, नेपाल प्रहरी,सशस्त्र प्रहरिबलको सहयोगमा बिहान १ बजे आगो पुर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ ।
फालेलुङकाे बरभञ्जाङमा लागलागी हुदा एक करोड नब्बे लाखको क्षति
फालेलुङकाे बरभञ्जाङमा लागलागी हुदा एक करोड नब्बे लाखको क्षति
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस