पाँचथरको । फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा घरायशी झगडामा श्रीमानले लोहोरो प्रहार गर्दा गम्भीर घाइते भएकी श्रीमतीको उपचारका मृत्यु भएको छ ।
इम्बुङका इन्द्रकुमार नेम्वाङले पुस ९ गते दिउँसो ४ बजे घरायशी झगडामा आफ्नी श्रीमती ४५ वर्षीया जीवनकुमारी नेम्वाङको टाउकोमा लोहोरोले प्रहार गरेका थिए । लोहोरोले लागेर गम्भीर घाइते भएकी जीवनकुमारीको झापाको विर्तामोडस्थित विर्तासिटी अस्पताल उपचार भइरहेकामा आइतबार विहान उपचारकै क्रममा मृत्यु भएको थियो ।
जीवनकुमारीको मृत्यु भएपछि मृतकका श्रीमान् इन्द्रकुमार नेम्लावाङलाई झापाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिएकाछन् । घटनावारे नेम्वाङमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।