पाँचथर । तिम्बुपोखरी मिडिया एण्ड इभेन्टद्वारा संचालित केन्जो खवर डटकमले यहि पुस १० र ११ गते मल्टिमिडिया पत्रकारिता सम्बन्धी तालिम आयोजना गर्ने भएको छ । केन्जाेखबर डटकले पत्रकारहरूलाई प्रबिधिमैत्री बनाउ र क्रियाशिल बनाउन उक्त तालिम अायाेजना गर्न लागेकाे हाे ।
आधुनिक प्रबिधिको युग सँगै पत्रकारितामापनि परिवर्तन आएको छ । अब छापा पत्रकारिताबाट डिजिटल युगतिर लम्किदै गर्दा भिडियो रिपोर्टिङ र इडिटिङ गर्न आवश्यक देखिएको समयमा यो तालिमको आयोजना गर्न लागिएको हो ।
पछिल्ला प्रविधिमा अभ्यस्त हुँदै रिपोर्टिङ गर्ने क्षमताको बिकास गर्नका लागि पाँचथरको सदरमुकाम फिदिममा मल्टिमिडिया पत्रकारिता तालिम आयोजना गर्न लागिएको हुँदा जिल्लामा रहनु भएको पत्रकारहरुले आबेदन दिन अनुरोध गरिएको केन्जो खबर डटकमले आफ्नो फेसबुक पेज मार्फत जानकारी दिएकाे छ ।
तालिमलाइ नेपाल इन्भेस्टिकेसन मल्टिमिडिया जर्नालिजम नेटवर्कका बरिष्ठ सम्पादक रजनिश भण्डारीले प्रशिक्षण दिनेछन् । तालिमा सहभागी हुने प्रशिक्षार्थीले दुइदिन पुरै समय दिनु पर्ने छ । फोटो खिच्ने देखि मोबाइल तथा कम्प्युटरको माध्यमबाट भिडियो रिपोर्टिङ गर्न र भिडियो इडिटिङ गर्न सिकाइने रजनिश भण्डारीले जानकारी दिएका छन् ।
तालिम नेपाल पत्रकार महासंघ शाखा पाँचथरको सभाहलमा हुने छ ।