रानिटार । आजबाट सुरु भएको तेस्रो संस्करणको फिदिम नगर कप फुटवल प्रतियोगितामा झापाको अलइन वान सैनिक युथ क्लबले सानदार सुरुवात गरेको छ । आयोजक स्वतन्त्र क्लब रानिटारलाई ७-३ गोलले हराउदै अलइन वान सैनिक युथ क्लबले विजयीसुरुबात गरेको हो । जित संगै अलइन वान सैनिक युथ क्लब सेमिफाइनल प्रबेश गरेको छ ।
रानिटार स्थित बराजु रङशालामा सैनिकको जितमा पुजन राई,दिपेश श्रेष्ठ, अशिष गुरुङले गोल गरे । सैनिकका पुजन राईले ह्याटिक गरे । ह्याटिक गरेका पुजन खेलको म्यान अफ दि म्याचको पुरस्कार जिते ।
आयोजक स्वतन्त्र क्लब लागि कप्तान अर्जुन गुरुङले खेलको ६८ र ७१ तथा किस्मत लिम्बूले १७औँ मिनेटमा गोल गरेको भए पनि हार टार्न सकेन ।
पुस ३ गते सम्म आयोजना हुने प्रतियोगितामा भारतको पाण्डा क्लब सिक्किम,चर्च ब्वाईज क्लब काठमाण्डौं,कर्ण सोनाम स्मृति क्लब ताप्लेजुङ, पशुपति ११ क्लब इलाम, याेङ ब्वाई फुटबल क्लब ईलाम,अलईन वान सैनिक क्लब झापा, रेडस्टार फुटवल क्लब बिर्तामोड झापा, पाँचथर क्लब पाँचथर र आयोजक स्वतन्त्र क्लबको सहभागिता रहने छ ।
यो प्रतियोगिताको विजेताले १ लाख ५० प्राप्त गर्ने र उपविजेता टिमले ८० हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
फिदिम नगर कप प्रतियोगितामा भाेली हुने खेल
योङ ब्वाई फुटबल क्लब ईलाम र कर्ण सोनाम स्मृति क्लब ताप्लेजुङ
दिउसाे १२:३० बजे
पशुपति ११ क्लब इलाम र चर्च ब्वाईज क्लब काठमाण्डौं
दिउसाे ३ बजे




