पाँचथर । दिन ढल्कीदै जाँदा अर्गेलीको बोक्रा उक्काउन व्यस्थ देखिन्थे गाँउहरु । औलतीर हपहपि गर्मि भईरहदा थुम्कीला पहाडले घेरीएको गाँउमा ज्याकेट लगाउनु पर्ने ।
साना साना थुम्कीला डाडाले लेखगाँउलाई घेरेको छ । डाँडाहरुले घेरीएर बस्तीहरु रहेका छन् । एकदमै ग्रामिण बस्ती तर अभ्यास आधुनिकताको । बस्ती निक्कै आर्कषक छ । यहाँ परम्परागत खेती प्रणाली छ । घरहरु काठले आर्कषक गरी सजाइएका । साना साना थुम्कीला पहाड र छेउमै फाटिलो क्षेत्रमा बसेको बस्ती साच्चै आर्कषक लाग्ने । पहाडका बस्तीमा घर टाढा टाढा हुन्छन् । लेखगाँउमा पनि घरहरु निक्कै पातलो गरी छन् । तर यहाँ बाक्लो बनक्षेत्र, खोल्सी, पोखरीहरुले घुमिरहु पार्ने बातवारण रहेको छ । यस आकर्षक क्षेत्रलाई थप आकर्षित बनाएको गुुँदुला भोजुला तालको सुन्दरताले,
रबि,राँके सडक खण्डमा पर्ने मिक्लाजुङ ७ लेख गाँउमा रहेको गुुँदुला भोजुला ताल सुन्दर छ । सडककै छेउमा रहेको गुुँदुला भोजुला ताल देखेपछि फोटो खिच्ने रहर( कस्लाई नहोला र ? कुहिराले ताललाई छोप्यो, अनि बस्तीलाई पनि । केहि छिनमा फेरी हावाले कुहिरोलाई उडाएर लग्यो । पोखरीमा हावाको झोक्काको तरङ्ग उसरीनै चलिरहने । लेखगाँउमा कुहिरोसँगको लुकामारी दिनभर चलिरहने ।
निकै आकर्षक यस तालमा पुग्दा लाग्छ आफ्नो सुन्दरता देखाउन पर्यटक पर्खिएर बसेको छ । आफ्नो मनमोहक दृश्यले त्यहाँ पुग्ने सबैलाई तालले लोभ्याउने गरेको छ । मिलेको बनोट र प्रकृतिक एवं जैविक विविधता नै यस तालको प्रमुख आकर्षण हो ।
रबि÷राँके सडक खण्डककोमा पर्ने यो ताल मिक्लाजुङ गाउँपालिकाको केन्द्र रबि बजार, नजिकै रहेको चिसापनी पञ्चमी बजार र सुन्दर कन्याटार बजार हुदै लेख गाउँमा पुग्न सकिन्छ । भेडेटारबाट नजिक पर्ने हुँदा धरान, धनकुटाबाट पनि योे तालको अवलोकनमा पर्यटक आउने गरेका छन् । बाईट
समुद्र सतहदेखि २ हजार ४ सय ७ मीटर उचाईमा रहेको मिक्लाजुङ जैविक विविधताले धनि छ । यहाँबाट सुर्योदयको अनुपम दृष्य हेर्न मिल्छ । यहाँ महागुरु फाल्गुनन्दले ध्यान तपश्या गरेको बताइन्छ । यहि डाँडाको नाममा बाट गाँउपालिकाको नामाकरण समेत भएको छ । यहि मिक्लाजुङको काखमा लेखगाँउ छ । मिक्लाजुङ दृष्यावलोकन र धार्मिक विश्वासले चर्चित रहेको छ । यहाँ पर्यटन प्रवद्र्धन गर्नकालागि भन्दै यो पोखरी बनाईएमो हो ।
लेखगाँउ बस्तीमै रहेको यो पोखरीले यहाँको आर्कषणमात्र थपेको देखिएन मन भुल्याउने थलोको रुपमा रहेको आभाष गरीयो । गुँधुला भोजुला ताल चर्चामा आउन अगाडी लेख गाउँलाई कसैले नचिने तर तालबने पछि तालकै कारण पर्यटकहरु आउन थालेको बताईन्छ् । निकै गहिराइ र करिब १ किलोमिटर फैलिएको तालको वरपर हरीयाली रहेको छ । यो तलामा बोटिङ गर्दै रमाउन सकिन्छ । तालमा रमाइ सके पछि लेख गाँउमा अर्गानिक खानेकुराहरु खादै रमाउन सकिन्छ ।
ताल अवलोकन गर्ने र घुमघाम गरी त्यस क्षेत्रमा बनभोज खानेको दैनिक मानिसरु आउने गरेका छन् । यहाँ वनभोज स्थल, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकन गर्न पर्यटक यहाँ आउने गर्दछन् ।
केही वर्ष अघिसम्म यो ताल बोझो घारी मात्र रहेको थियो । तालमा बोझोघारी भएकै कारण तालको नाम गुुँदुला भोजुला भएको बताउछन् । मेचि पहाडी पर्यटन कार्यक्रमको सहयोगमा र स्थानियहरुको अग्रसरतामा यो ताल पर्यटकिय तालको रुपमा स्थापति भएको हो ।
मेची राजमार्गको राँके हुदैँ यहाँ पुग्न सकिन्छ । धरानवाट भेडेटाड ,वुधवारे हुदैँ पनि सडक यहाँ पुगको छ । मोरङको लेटाङवाट यता तिर आउने सडक पनि जोडिन्छ । यस क्षेत्रलाई हनिमुन स्पोर्ट बनाउन सकिने सम्भावना समेत रहेकों छ ।यो तालको सुन्दरता बढाउन स्थानीय तथा प्रदेश सरकारले भौतिक पूर्वाधारका लागि ध्यान दिन जरुरी देखिन्छ् ।