फिदिम । मंसिर २८ देखि सुरू हुने तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगिताको खेल तालीका सार्वजनिक भएको छ । आयोज स्वतन्त्र क्लबले बिहिबार खेलतालीका सार्वजनिक गरेको हो
बिहिबाार सार्वजनिक भएको खेलतालीका अनुसार सहभागी टिमहरुलाई दुई समुहमा राखिएको छ । समुह “क ”मा आयोजक स्वतन्त्र क्लब, अलईन वान सैनिक क्लब झापा, योङ ब्वाई फुटबल क्लब ईलाम र कणर् सिं सोनाम स्मृति क्लब ताप्लेजुङ रहेका छन् ।
समुह “ख ” पाँचथर क्लब पाँचथर,रेडस्टार फुटवल क्लब बिर्तामोड झापा, पशुपति क्लब इलाम र चर्च ब्वाईज क्लब काठमाण्डौैं रहेका छन् ।
२८ गते उद्घाटन हुने प्रतियोगितामा पहिलो खेल आयोजक स्वतन्त्र क्लब र अलईन वान सैनिक क्लब झापा बिच प्रतिस्पर्धा हुने छ । यो खेल मंसिर २८ गते दिनको २ बजे हुनेछ । खेलको दोस्रो दिन २९ गते योङ ब्वाई फुटबल क्लब ईलाम र कणर् सिं सोनाम स्मृति क्लब ताप्लेजुङ बिच प्रतिस्पर्धा हुने छ । यो समुहबाट बिजेता हुने दुई टिम पौष २ गते सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
समुह “ख ” मा रहेको टिमको पहिलो खेल मंसिर २९ गते पशुपति क्लब इलाम र चर्च ब्वाईज क्लब काठमाण्डौ बिच प्रतिस्पर्धा हुने छ । यो टिमको बिजेताले भारतको पाण्डा स्र्पोटिङ संग प्रतिस्पर्धा गर्ने छ । यसमा बिजेता हुने टिमले पाँचथर क्लब पाँचथरले रेडस्टार फुटवल क्लब बिर्तामोड झापा बिचकाे बिजेता सग सेमिफाइनलमा खेल्नेछ ।
पौष १ गते पाँचथर क्लब पाँचथरले रेडस्टार फुटवल क्लब बिर्तामोड झापा संग प्रतिस्पर्धा गर्ने छ । यो दुई टिम मध्येको बिजेता सेमिफाइनलमा पुग्ने छ । आठ टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले १ लाख ५० प्राप्त गर्ने र उपविजेता टिमले ८० हजार प्राप्त गर्ने स्वतन्त्र क्लबका अध्यक्ष बलबहादुर गुरूङले जानकारि दिए ।
रानिटारको बराजु रङशालामा सञ्चालन हुने प्रतियोगितामा करिब ९ लाख खर्च हुने गुरूङले जानकारि दिए । प्रतियोगिको प्रबद्धकको रूपमा फिदिम नगरपालिका रहेको छ । प्रतियोगिताको सहआयोजक रानिटार युनाईटेड रहेको छ ।