पाँचथर । रेड पाण्डा संरक्षण,वन्यजन्तु चोरी शिकारी तथा अवैध व्यापार सम्बधी सचेतना मुलक कार्यक्रम हिजो मंसिर २१ गते नेपाल प्रहरी, शसस्र प्रहरी तथा संचारकर्मी बिच सम्पन्न भएको छ ।
रेडपाण्डा लगाएतका बन्य जन्तुको चोरी निकासी नियन्त्रण तथा कार्वाहीको लागि बनेका बिधमान कानुन र संरक्षणको अवस्था बारे जानकारी गराइएको थियो । नेपाल प्रहरी बाट ५४ र सशस्त्र प्रहरीबाट ३३ जना र जिल्लामा रहेका संचारकर्मिको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
उत्त कार्यक्रममा रेडपाण्डा संरक्षण नेटवर्कका कार्यक्रम संयोजक वाङ्चु भुटियाले रेडपाण्डा नेटवर्कले कसरी काम गरिरहेको छ,के भैरहेको छ र संकटपन्न वन्यजन्तुको जिल्लाको अवस्थाबारे बताएका थिए । वन्यजन्तु चोरी निकासी नियन्त्रण र बिद्यमान कानुनको अवस्था बारे जिल्ला वन कार्यलयका सहायक वन अधिकृत ऋषि पराजुलिले बताएका थिए ।
कार्यक्रममा सिमामा हुने चोरी निकासिको निगरानीको बारे सशस्त्र प्रहरी प्रमुख किशोर श्रेष्ठले जानकारी गराएका हुन । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रहरी जिल्ला प्रमुख राकेश थापाले चोरी निकासी हुन नदिन र संकटापन्न वन्यजन्तुको संरक्षणमा स्थानिय र प्रहरीकै साझेदारिमा मात्र नियन्त्रण हुने बताएका छन् ।
कार्यक्रममा रेडपाण्डा नेटवर्कका कार्यकारी निर्देशन सुनिल बान्तवाले संकटापन्न बन्यजन्तूको रुपमा रहेको रेडपाण्डाको संरक्षणका लागि पूर्वी पहाडका पाँचथर, इलाम र ताप्लेजुङमा समुदायमा आधारित कार्यक्रम सञ्चालन भईरहन्छन र सिमा सुरक्षामा खटिने शसस्त्र प्रहरी र चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरिले सहयोग गर्नु पर्ने र नागरिकलाइ सुसुचित गर्न संचारकर्मिको ठूलो भुमिका रहेको बताएका छन् ।
कार्यक्रमको संयोजन जिल्ला वन कार्यलय, सशस्त्र प्रहरी हिमशिखर गुल्म, जिल्ला प्रहरी कार्यलय पाँचथर, नेपाल पत्रकार महासंघ पाँचथर, दिप ज्योती युवा क्लबले गरेको थियो ।