पाँचथर । रानिटार युनाइटेड क्लब पाँचथरकाे अायाेजनामा पाँचथरमा पहिलाे पटक एक नम्बर प्रदेश स्तरिय महिला फुटबल प्रतियाेगिता अायाेजना हुने भएकाे छ । अाइतबार फिदिममा पत्रकार सम्मेलन मार्फत अायाेजकले प्रतियाेगिताकाे बारेमा जानकारि दिएका हुन् ।
तमु ल्हाेसारकाे अवसरमा रानिटार युनाईटेड क्लबले प्रथम ल्हाेसार महिला गाेल्डकप प्रतियाेगिता अायाेजना गर्न लागिएकाे हाे । प्रतियाेगितामा प्रदेश नम्बर एकका ८ टिमकाे सहभागिता रहने अायाेजकले जानकारि दिए ।
प्रतियाेगितामा द सेभेन युथ क्लब धनकुटा,धरान युथ क्लब ,कन्काई नगरपालिका झापा,कर्णसिं स्मृति क्लब ताप्लेजुङ,पथरि शनिश्चरे हुमेन्स फुटबल क्लब माेरङ,जनता सेभेन क्लब ईलाम,अाठराई गाउँपालिका तेह्रथुम,र अायाेजक रानिटार युनाईटेड क्लबकाे सहभागिता रहने अायाेजकले जानकारि दिए ।
तमु ल्हाेसारकाे अवसरमा अायाेजना हुने प्रतियाेगिता पाैष १२ गते देखि १५ गते सम्म सञ्चालन हुने अायाेजकले जानकारि दिए । बराजु रङशाला रानिटारमा सञ्चालन हुने प्रतियाेगिताका विजेताले ५० हजार र उपबिजेताले ३० हजार प्राप्त गर्ने अायाेजकले जानकारि दिए ।
सबै तिर पुरूष प्रतियाेगिता मात्र भईरहेकाे बेला महिला फुटबलकाे बिकासकाे लागि याे प्रतियाेगिता अायाेजना गरिएकाे अायाेजक क्लबका अध्यक्ष टंक गुरूङले जानकारि दिए ।