पाँचथर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म हुने गर्छ । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने तय गरिएको छ ।
यो दिवसको अवसरमा पाँचथरको फिदिममा लैङ्गिक हिंसा सँग सम्बन्धि सचेतनामुलक सडक नाटक मञ्चन गरिएको छ । बिहिबारबाट सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत पहिलो दिनमा सचेतनामुलक नाटक मञ्चन गरिएको हो ।
मञ्चन गरिएको नाटकमा महिला र पुरुषमा हुने हिंसा र त्यसलाई न्युनिकरण गर्ने उपायहरुबारेमा प्रस्तुत गरिएको थियो । फिदिम नगरपालिकाको सहयोगमा युगीन थिएटरको प्रस्तुती रहेको नाटकमा आज लागु पदार्थ दुव्र्यसन र ओसारपसार विरुद्ध सँग सम्बन्धित “नयाँ जीवन” नामक सन्देशमुलक नाटक गरिएको छ । आज बिहान ७ बजे फिदिम मा.वि. फिदिमको प्राङ्गड फिदिममा,१०ः३० बजे विद्यावरदान बोर्डिङ स्कुलमा, दिउँसो १२ बजे नयाँ नमुना मा.वी.मा र दिउँसो ३ बजे फिदिमको पुरानो शिक्षा लाइन र लगनमार्गको बिचमा देखाइएको छ । नाटकमा एउटा कलेज पढ्ने बिद्यार्थी कसरी कुलतमा फस्छ। लागू पदार्थको ओसार पसार कसरी हुन्छ भन्ने देखाउनको साथै आफ्नो सन्तान कुलत मा फसेकै होइन भन्ने मान्यता र बुवाआमाकै पहलमा सुधारकेन्द्र सम्म पुर्याएर नयाँ जीवन सम्म आएको बिषयबस्तुलाई समेटिएको थियो । नाटकमा फिदिमकि चन्दा ढुंगाना, चेतन घिमिरे, कमल घिमिरे, वर्षा खवास, प्रेम नेपाल लगायतको अभिनय रहेको थियो । नाटक प्रेम नेपालको लेखन र कमल घिमिरेको निर्देशनमा प्रस्तुत भएको थियो ।
युगिन थिएटरले सडक नाटकबाट सचेतना दिदै
युगिन थिएटरले सडक नाटकबाट सचेतना दिदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस